रस अनलाइन खबर आज २०७७-०५-२५
पोखरामा बिहीबार बिहान थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स पोखरा -१५ की २३ बर्षीय महिला, सोहि अस्पतालमा उपचाररत पोखरा -३२ का ५० बर्षीय पुरुष , पोखरा महानगरपालिका-१९ का २२ बर्षीय प्रहरी, पोखरा ५ की १७ वर्षीया महिला र ४५ वर्षीय पुरुष तथा पोखरा ८ का ९ वर्षका बालकसहित ६ पुरुष र ८ वर्षकी बालिकासहित ७ महिला रहेका छन् ।
त्यसैगरी बागलुङका ३ पालिकाका ३ महिला र ६ पुरुष, स्याङजा पुतलिबजारका ५ महिला तथा ७ पुरुष, तनहुँ भिमादका ३ पुरुष, नेपाल प्रहरीमा कार्यरत पर्वतका २८ वर्षीय पुरुष तथा नवलपुरका २ पालिकाका २ र ४ वर्षका बालक तथा ३ महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेको र अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।