पोखरामा हस्पिटलमा उपचाररत २ सहित ४ संक्रमित थपिए

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२४

गण्डकीमा बुधबार बिहान थप ७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान कास्कीको पोखरा महानगरका २ जना सहित गण्डकी प्रदेशका ४ जिल्लाका ७ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पोखरा १० का ४० वर्षीय पुरुष र वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत पोखरा १५ का ४० वर्षीय प्रहरी रहेका छन् । बाँकी २ जना पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलिबजार १ का ८५ वर्षीय पुरुष र तनहुँ म्याग्देकी ६० वर्षीया महिला रहेका छन् ।

त्यसैगरी तनहुँ देवघाटका ४० वर्षका पुरुष र लमजुङ बेसीसहर की ४६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७९ पुगेको छ ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *