पोखराका ६ वर्षीया बालिकासहित थप ९ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२४

पोखरामा बुधबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान कास्कीको पोखरा महानगरका ९ जना सहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा साउदी अरवबाट आउनुभएकी पोखरा १३ की ३८ वर्षीया महिला, भारतबाट आएका वडा नखुलेका २४ वर्षीय पुरुष र पोखरा १७ का २२ वर्षीय पुरुष, पोखरा ६ की ६ वर्षीया बालिका र ३४ वर्षीया महिला, ७ का २५ वर्षीय पुरुष, ८ का १७ वर्षीय पुरुष तथा १४ का १७ र ४५ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी बागलुङ तमानखोला १ का २६ वर्षका पुरुष तथा नवलपुर गैँडाकोट १ का ५४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *