सोलुखुम्बुमा चोरीका दुईवटा मुर्तिसहित एक जना पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२३

प्रहरीले सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ति चोरी गर्ने १ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार स्थायिन ३५ वर्षीय रमेश मगरलाई चोरीका मुर्तिसहित पक्राउ गरिएको हो ।

सोमबार दिउसो मन्दिरबाट दुई वटा सिंहको मुर्ति हराएपछि मन्दिर समितिले प्रहरीलाई खबर गरेको थियो । खबर पाएलत्तगै खोजतलासमा जुटेको प्रहरीले मगरलाई चोरी गरी लगेको मुर्तिसहित छिमेकी जिल्ला ओखलढुंगाबाट पक्राउ गरेको हो।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *