विषालु जंगली साग खाँदा डोल्पामा पाँचजना बेहोस

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२३

पल्लो डोल्पामा विषालु जंगली साग खाँदा पाँच जना बेहोस भएका छन् ।

दुईदिन अघि जाजरकोटबाट उपल्लो डोल्पा पुगेका उनीहरु विषालु जंगली साग खाएलगत्तै बेहोस भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार बेहोस हुनेमा नलगाड नगरपालिका–५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ वर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार डोल्पाको उनीहरु शे–फोक्सुण्डो गाउँपालिका १ मा पर्ने निजाल गुम्बा पुनःनिर्माणका लागि पुगेका थिए ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *