रस अनलाइन खबर आज २०७७-०५-२३
पोखरामा मंगलबार बिहान थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा कास्कीको पोखरा महानगरका २६ जना सहित तनहुँ र वाग्लुङ जिल्लाका १२ जना गरी ३८ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष, पार्कल्याण्ड अस्पतालका २७ वर्षीया महिला चिकित्सक र पोखरा फुड्स प्रा.लि. मा कार्यरत १७ , २७, २८ र ४० वर्षका पुरुष तथा १७ देखि ४९ वर्ष उमेर समुहका २० जना महिला रहेका छन् ।
त्यसैगरी तनहुँ आबुंखैरेनीका ५६ वर्षीय पुरुष तथा ४२ र ४८ वर्षीया महिला तथा बागलुङ तमानखोला १, २, ५ र ८ वडाका १९ , ३८ र ४० वर्षका पुरुष तथा १८ देखि ३० वर्ष उमेर समुहका ६ महिलामा कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५० पुगेको छ ।