रस अनलाइन खबर आज २०७७-०५-२३
अविरल वर्षाका कारण पहिरोले घर भत्किदा कास्कीमा एक युवतीको मृत्यु भएको छ ।
रुपा गाउँपालिका बराह्चोक ६ का काजीबहादुर विकको घर पछाडिबाट घसेको पहिरोले घर भत्किदा उहाँकी २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
अविरल वर्षापछि घर माथिबाट पहिरो खस्दा पुरिएकी युवतीको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा मृत अवस्थामा फेला परेको डिएसपी हमालले बताउनुभयो ।
विहान करिव ४ः३० बजे पहिरो खस्दा घर भत्किएको हो ।
(Visited 6 times, 1 visits today)