पोखरामा थप १६ जनामा कोरोना पुष्टि, गण्डकीमा एकैपटक ४० संक्रमित थपिए

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१९

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १६ जना सहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुर जिल्लामा गरी ४० जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका ७ वटा वडाका २३ देखि ५० वर्ष उमेर समुहका महिला तथा पुरुष रहेको निर्देशनालयले जनाएको छ । आज बिहान महानगरका ५, १० , १२, १४, १५, २७ र ३० वडाहरुमा संक्रमण देखिएको हो । निर्देशनालयले पोखरा १५ मा संक्रमण पुष्टि हुने २६ देखि ३१ वर्ष उमेर समुहका ७ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु रहेको उल्लेख गरेको छ । अन्य सबैमा कन्ट्याक्ट ट्रेसिंङका आधारमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो ।

त्यसै गरी तनहुँ को म्याग्दे की २६ वर्षीया महिला तथा भानुकी ५५ वर्षीया महिला, स्याङजा कालिगण्डकीका २८ वर्षीय पुरुष , बागलुङ ताराखोलाका ४२ वर्षीय पुरुष , लमजुङ मध्येनेपाल का ३९ वर्षीय पुरुष, राइनासका ३१ वर्षीया महिला तथा ५५ वर्षीय पुरुष र नवलपुर देवचुलीका ३५ वर्षीय पुरुष तथा गैंडाकोटका १८ देखि ५९ वर्ष उमेर समुहका १६ जना महिला पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *