करेन्ट लागेर मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१९

घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको शुक्रबार बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि-६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *