बुटवलमा उपचाररत कपिलवस्तुकी संक्रमित महिलाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१७

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु–११ की ६० वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

‘भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखी उपचार गरिएको थियो,’ उनले भने, ‘श्वासप्रश्वासको समस्या र ज्वरोसमेत थियो ।’ उनी पहिलेदेखि उच्च रक्तचापकी बिरामी रहेको डा. गौतमले बताए ।

अहिले कोरोना विशेष अस्पतालको सामान्य कक्षमा १६, आईसीयूमा १५ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । यससँगै लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा २ जनाको मृत्यु भएको थापाले जानकारी दिए ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *