महिनावारी ढिलो भएर चिन्तामा हुनुहुन्छ, खानुहोस् यस्ता खानेकुरा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१७

महिनावारी ढिलो हुने गरेको छ अथवा कुनै कामविशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै महिनावारी गर्न खानपानमा ध्यान दिनु पर्छ । खानपानमा परिवर्तन गरेर आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ ।

महिनावारी चाँडो गराउन यस्ता खानेकुरा खानुपर्छ ?

रातो मासु : रातो मासु बढी खाने गर्नाले शरीरमा बढी ताप उत्पन्न हुन्छ र महिनावारी निर्धा्रित मितिभन्दा चाँडै हुन जान्छ । फलफूल र तरकारी क्यारोटिनको मात्रा उच्च भएका फलफूल खाने गर्नाले महिनावारी चाँडो हुन्छ ।

मेवा, फर्सी, गाजरजस्ता फलफूल र तरकारीमा क्यारोटिन बढी मात्रामा पाइन्छ ।क्यारोटिनले शरीरमा एस्ट्रोजेन हार्मोनको मात्रा बढाइदिन्छ, जसकारण महिनावारी चाँडै हुन्छ ।

सक्खर: सक्खर खानाले पनि महिनावारी चाँडै हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । अनार दिनमा तीन ग्लास अनारको जुस खाने गर्नाले महिनावारी चक्र चाँडै सुरु हुन्छ ।

भुइँकटहर: भुइँकटहरले शरीरमा ताप उत्पन्न गराउँछ । बढी मात्रामा भुइँकटहर खाने गर्नाले महिनावारी चाँडै हुन्छ । बेसार उम्लँदै गरेको पानीमा एक चिम्टी बेसार हालेर हरेक बिहान र राति पिउने ।

महिनावारी हुनुभन्दा १५ दिनअघिदेखि लगातार यसो गर्दा पाँच दिनअघि महिनावारी भएका उदाहरण प्रशस्तै छन् ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *