रस अनलाइन खबर आज २०७७-०५-१५
जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा गाँजासहित २ युवकलाई पक्राउ गरेको छ ।
आइतबार राति सवारी चेकजाँचका क्रममा ६ केजी गाँजा र तौल गर्ने मेसिनसहित पोखरा-३३ भरतपोखरीबाट २ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
लागूऔषधसहित मोटरसाइकलमा सवार रहेको अवस्थामा तनहुँ शुक्लागण्डी १२ घर भई पोखरा १७ बिरौटा बस्ने २३ वर्षीय संजोग बिक र बिरौटा कै २० वर्षीय शिलास बिक आइतबार राति ८ :३० बजे पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
(Visited 4 times, 1 visits today)