कोरोनाका लक्षण हुनसक्ने लगातार बाडुल्की लाग्नु र कपाल झर्नु पनि

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१५

सुरुमा, कोरोना भाइरस संक्रमित व्यक्तिहरूमा केवल ज्वरो, चिसो, खोकी, सास फेर्न समस्या, शरीर तथा टाउको दुख्ने जस्ता लक्षणहरू देखाएका थिए ।

तर, भाइरसको बारेमा हुँदै गएको अध्ययनहरूमा अन्वेषकहरूले कोरोना भाइरसका नयाँ लक्षणहरू रिपोर्ट गरिरहेका छन्, जुन केही बिरामीहरूले विकास गर्न सक्छन् ।

लगातार बाडुल्की लाग्नु पनि कोराको लक्षण हुनसक्ने देखिएको छ । अमेरिकामा दुई कोभिड १९ बिरामीहरूमा हिकहिक एक मात्र प्रमुख लक्षणको रूपमा देखाएका छन् ।

अनुसन्धानमा विज्ञहरूले लहातार हिकहिक आउनु कोभिड १९ संक्रमणको एकदम दुर्लभ संकेत हुन सक्छ, त्यसैले कोभइड १९ संक्रमण र लगातार बाडुल्की लाग्नुको सम्बन्धमा अझ धेरै अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

त्यस्तै कपाल झर्नु पनि कोभिड १९ संक्रमणको एक असामान्य लक्षण हो । एक नयाँ अध्ययनले केही व्यक्तिमा कोभिड १९ संक्रमणका कारण तथा निको भइसकेपछि पनि कपाल झरेको रिपोर्ट गरेका छन् ।

धेरै अनुसन्धानकर्ताहरूले कोभिड-१९ बाट निको भएको दुई महिनापछि कपाल झर्ने सम्सया रिपोर्ट गरिरहेको बताएका छन् ।

कोभिड-१९ बाट संक्रमित केही किशोर र युवाहरूले आफ्ना औंलामा रातो र बैजनी रंगको र्‍यासहरू अनुभव गरेका छन् । विज्ञहरूले यसलाई कोभइड टोको रूपमा राखेका छन् ।

इटालीका छाला विशेषज्ञहरूले ८८ संक्रमितमध्ये २० प्रतिशत मानिसहरूमा केही छालासम्बन्धी लक्षणहरू देखिएको रिपोर्ट गरेका थिए । यी छालाका लक्षणहरूमा र्‍यास, चिकनपक्स जस्तो घाउहरू थिए ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *