रस अनलाइन खबर आज २०७७-०५-१५
पोखरामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
बालिकालाई जवरजस्ती करणी गर्ने पोखरा – १० मिलनचोकका ५५ वर्षीय रेश बहादुर गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार बिगत ४/५ महिना देखी बालिकालाई ललाई फकाई गरी यौन शोषण गर्दै आइरहेका गुरुङलाई खोजतलाश गर्ने क्रममा आइतबार स्याङ्जा बिरुवा -८ टोड्केबाट पक्राउ गरिएको हो । स्याङ्जा बिरुवा ७ स्थायी घर भएका गुरुङ भूपू भारतीय सैनिक समेत रहेको प्रहरीले जनाएको छ ।
गुरुङलाइ जवरजस्ती करणी मुद्धामा म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।
(Visited 7 times, 1 visits today)