प्रधानमन्त्री ओली समर्थनमा प्रदर्शन, ‘भारतीय दलाल होसियार’को नारा

सेयर गर्नुहोस्

२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको ६ स्थानमा प्रदर्शन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेलाउन समर्थकले सडकमा प्रदर्शन थालेका थिए । बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’हरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।
(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *