च्याउ खाएर बिरामी परेका सात जनाको गोठमै उपचार हुँदै

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१४

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ को भेठिगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् ।

हिजो बिहान च्याउ खाएका उनीहरु दिउँसो बिरामी परेका थिए । च्याउ खाएकाहरु बिरामी परेको थाहा पाउनासाथ हिजो बेलुकी थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनास भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थल गएका थिए ।

राति पौने ११ बजे भेठिगोठ पुगेको प्रहरी र स्वास्थ्यकर्मीको टोलीले उनिहरूको त्यही बसेर उपचार गरिरहेको छ । प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले साँझ मात्र प्रहरीलाई जानकारी भएको र स्वास्थ्यकर्मीसहित टोली गएर उपचार गरेको कारण बिरामीको ज्यान बचेको बताए । बिरामीको अवस्था सुधार भइरहेको उनले बताए ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *