कपाल कलर गर्दै हुनुहुन्छ, ध्यान दिनुहोस्

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-११

कपाल राम्रो बनाउने सबैमा रहर हुन्छ । कपाल राम्रो देखिदा मान्छेको पर्सनालिटी र फिगर पनि राम्रो हुन्छ । त्यसकारण हरेकलाई यसको रहर हुनु स्वभाविक पनि हो । तर कपालमा कलर गर्नु अघि निम्म कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

कपाल कलर गरिसकेपछि आफैले ओइल मसाज गर्ने गर्नु पर्छ । कपालमा कलर पछि ट्रिटमेन्ट क्रिम लगाउन बिर्सियो भने पनि कपाल बिग्रने सम्भावना हुन्छ । कलर लगाउँदा राम्रो ब्राण्ड र क्वालिटीको कलर प्रयोग गर्नु पर्छ ।

कलर लगाएर मात्रै कपाल राम्रो हुने होईन, त्यसैले हप्ता हप्तामा कपालको हाँगा काट्नु पर्छ । १५ दिन एक महिनाको समयान्तरमा मेहन्दी लगाउनु पर्छ ।

कपाल कलर गरेपछि छिटोछिटो धुने नगर्नुहोस । त्यसो गरेमा कपालको कलर छिटै नै फिका हुनसक्छ ।

कलर गरेर कपाल पखाल्दा चिसो पानीको प्रयोग गर्नु पर्छ । तातो पानीले कलर गरेको कपाल पखाल्दा धेरै कलर जान्छ ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *