यस्ता छन् फाइदा, दैनिक अण्डा खानुहोस्

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-११

अण्डा हामी मध्ये धेरैलाई मनपर्ने खानेकुरा हो । नेपालीको भन्सामा प्राय अण्डा छुट्दैन ।

भान्सामा माछामासुको विकल्पमा अण्डा नै पाक्ने गर्छ । अण्डालाई भान्सामा फ्राइ गरेर अम्लेटको रुपमा प्रयोग गरिन्छ भने बिहान ब्रेकफास्टको रुपमा खाने गरिन्छ ।

स्वादको लागि अम्लेटको रुपमा खाए पनि अण्डा उसिनेर खाएमा धेरै राम्रो हुन्छ । विभिन्न अनुसन्धानहरुले पनि फ्राइ गरेर खानु भन्दा उसिनेर खानु स्वास्थ्यकर हुने बताएका छन् । दैनिक दुई वटा अण्डा उसिनेर खाएमा फाइदाजनक हुने अनुसन्धानहरुले पत्ता लगाएका छन् ।

उसिनेको अण्डामा भिटामिन बी–१२ तथा कोलिन हुन्छ । यसले मानिसको स्मरण शक्ति बढाउन सहयोग गर्छ । उसिनेको अण्डामा ल्युटिनको मात्रा हुने भएकाले यसले कपाल झर्ने समस्यालाई ठिक पार्छ ।

उसिनेको अण्डामा पर्याप्त मात्रामा आइरन पाइने भएकाले यसले रक्तअल्पताको समस्या समाधान गर्नेका साथै हाडजोर्नीको समस्या हुनेहरुलाई पनि मदत गर्छ ।

त्यस्तै अण्डामा बायोटिन, फोस्फोरस तथा भिटामिन ए पाइने भएकाले यसले सुख्खा छाला भएकालाई नरम र चम्किलो बनाउँछ भने दाँत र हड्डीलाई पनि बलियो बनाउन सहयोग गर्छ ।

आँखाको समस्या भएकालाई पनि उसिनेको अण्डाले आँखालाई तेजिलो बनाउने काम गर्छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *