नेपालको पोस्टमा उत्तर कोरियाले हान्यो ११ गोल

सेयर गर्नुहोस्

एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।

भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।

नेपालले पहिलो हाफमै ५ गोल खान पुगेको थियो। त्यसपछि दोस्रो हाफमा उत्तर कोरियाले ६ गोल थपेको हो ।

प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेलेको थियो भने साउदी अरबलाई १ गोलले पराजित गरेको थियो ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *