पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन

सेयर गर्नुहोस्

नेपाल समाचार 

-एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको हृदयघातका कारण निधन भएको छ । क्लबको फुटबल प्रशिक्षण केन्द्रमा मङ्गलबार राति उनको मृत्यु भएको हो ।

सन् २००४ मा पोर्टोले होसे माउरिन्होको प्रशिक्षण र कोस्टाको नेतृत्वमा उपाधि जितेको थियो । सन् २००६ मा खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका उनी त्यसपछि व्यवस्थापकीय भूमिकामा थिए ।

पोर्टोले एक विज्ञप्ति जारी गर्दै कोस्टाले आफ्नो जीवनमा क्लबको साख माथि उठाउन धेरै भूमिका निर्वाह गरेको भन्दै उनको निधनले अपूरणीय क्षति भएको जनाएको छ ।

यो वर्ष पूर्व पोर्टोका खेलाडी मध्ये यसरी अकस्मात् ज्यान गुमाउने कोस्टा तेस्रो व्यक्ति हुन् । यस अघि क्लबमा ६ वर्ष बिताएका डिएगो कोस्टा र उनका भाइ आन्द्रे सिल्भाको निधन भएको थियो ।

अहिले फेनरबाकको टोली हेरिरहेका माउरिन्होले भावविभोर हुँदै पोर्टोको निधन सिङ्गो फुटबल दुनियाँका लागि पीडाको विषय भएको बताएका छन् ।

पोर्टोको एकेडेमीबाट ग्राजुएट भएपछि उनले क्लबका लागि ३२४ खेलमा सहभागिता जनाए । सन् २००५ सम्ममा उनले क्लबलाई २४ उपाधि दिलाएका थिए । यस बिचमा उनले च्याम्पियन्स लिग, युइएफए कप र ८ पटक घरेलु लिगको उपाधि क्लबलाई  दिलाएका हुन् ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *