उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा

सेयर गर्नुहोस्

नेपाल समाचार 

-उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा र किरालाई मारेर खान थालेका छन्। अर्ध सैन्य बल रेपिड सपोर्ट फोर्स (आरएसएफ) ले सेनाको नियन्त्रणमा रहेको उत्तरको सो क्षेत्रलाई नियन्त्रणमा लिनका लागि गिरफ्तारी र आक्रमण सुरु गरेपछि संकट आएको हो।

अल फासरमा विस्थापितको शिविरमा बसेकाले राहतका लागि अन्तर्राष्ट्रिय क्षेत्रसँग गुहार गरेका छन्।

उनीहरूले ‘अम्बाज’ नामको एक जनावर खाने गरेका छन्। धेरै जसोले ‘मखतार अल ख्याल’ नामको पन्छी खाने गरेको बताएका छन्। उनले आकाशबाटै राहत खसालेर भए पनि सहयोग गर्न अन्तर्राष्ट्रिय निकायसँग हारगुहार गरेका छन्। सहरमा आक्रमण गर्ने क्रममा आरएसएफले राहत वितरणमा अवरोध सिर्जना गरेको छ।

उत्तरी डार्फरमा कोलेरो निम्तिएको छ। गत महिनादेखि सो क्षेत्रमा १९१ जनाको ज्यान गइसकेको छ। उत्तरी डार्फरको टाइफामा मात्र ६१ जनाको ज्यान गएको छ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *