रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण

सेयर गर्नुहोस्

नेपाल समाचार 

-रुसको सोचीमा रहेको एक तेल डिपोमा युक्रेनले आक्रमण गरेको छ। रातभर ड्रोन प्रहारका कारण तेल डिपोमा क्षति पुगेको छ। सोचीको ब्ल्याक सी रिसोर्ट नजिक रहेको तेल केन्द्रमा आगो लागेको मस्कोले जनाएको छ।

क्रास्नोडोरका प्रान्तीय गभर्नर भेनाइमिन कोन्ड्रायेटेयभले ड्रोनले टयांकमा आक्रमण गरिएको थियो। त्यही स्थानमा १२७ फार फाइटर पनि थिए।

सन् २०१४ को शीतकालीन ओलम्पिक खेलकुदको आयोजना गरेको सोचीको विमानस्थल केही सयम बन्द गरिएको छ। यसैगरी, रुसले पनि खेर्सनको महत्त्वपूर्ण पुलमा आक्रमण गरेको छ। सो आक्रमणमा एक जनाको ज्यान जानुको साथै सात जना घाइते भएका छन्।

सोचीमा भएको आक्रमण यस साता युक्रेनले गरेको आक्रमण मध्य एक हो। युक्रेनको रक्षा विभागले दिएको जानकारी अनुसार रात भरीमा ९३ ड्रोन आक्रमण भएको थियो। यी मध्यका ६० वटा ब्ल्याक सी क्षेत्रमा प्रहार भएका थिए। युक्रेनले रातभर रुसले आक्रमण गरेको जनाएको छ।

रुसले रातभरिमा ७६ ड्रोन तथा ७ मिसाइल प्रहार गरेको युक्रेनले जानकारी दिएको छ। ६१ आक्रमणलाई निस्तेज पारेको छ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *