रेखा र महेशलाई लिएर फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, ‘क का कि की’बाट निर्देशनमा बिक्कीको डेब्यू

सेयर गर्नुहोस्

नेपाल समाचार 

-हाँस्य टेलिभिजन रियालिटी शो ‘कमेडी दरबार’को टिमले फिल्म ‘क का कि की’ निर्माणको घोषणा गरेको छ ।

निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरी निर्माणको घोषणा गरिएको हो । पोस्टरमा नायिका गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी र तृप्ति नदकर फिचर्ड छन् ।

यी चारैजना ग्रामिण परिवेशको पात्रको भूमिकामा छन् । यसले फिल्मको कथा ग्रामिण समुदायको कथामा बन्ने संकेत गर्छ ।

यस फिल्ममा मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।

यही फिल्मबाट बिक्की अग्रवाल ठूलो पर्दाको निर्देशनमा हात हाल्ने भएका छन् । उनलाई निर्देशनमा श्रद्धा प्रसाईले साथ दिनेछिन् ।

बिक्कीका अनुसार यो कमेडी फिल्म हो । दशैँको भोलिपल्टदेखि छायाङ्कनमा निस्कने तयारीमा उनी रहेका छन् ।

फिल्म निर्माणमा हात हाल्नुको कारणबारे बिक्की भन्छन्, ‘फेरि एकपटक दर्शको मुहारमा हाँसो ल्याउन हो ।’

यो फिल्मको कथा बिक्की, विकास आर्याल र सरोज भण्डारीले मिलेर लेखेका हुन् । पटकथा भने बिक्की आफैँले लेखेको बताइएको छ ।

माया इन्टरटेन्मेन्ट स्टुडियोको ब्यानरमा बन्ने यस फिल्मको निर्माता श्रद्धा र सुमित्रा थापा हुन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *