क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने

सेयर गर्नुहोस्

नेपाल समाचार 

-क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले अक्टोबर १२ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन सक्ने अनुमोदित उम्मेदवारहरूको सूचीबाट बाहिर राखेका छन् ।

राष्ट्रिय निर्वाचन परिषद्ले शनिबार जारी गरेको अस्थायी सूचीमा रहेका १३ उम्मेदवारमध्ये सम्भावित प्रतिस्पर्धीका रूपमा मौरिस काम्तोलाई राखिएको छैन । उनले अब राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । काम्तो सन् २०१८ को राष्ट्रपतीय चुनावमा बियापछि दोस्रो स्थानमा रहेका थिए ।

गत साता औपचारिक रूपमा उम्मेदवारी दिएका ७१ वर्षीय काम्तो निर्वाचन परिषदमा पेश गरिएका ८३ जनामध्ये एक थिए । अस्थायी सूचीमा कुनै पनि चुनौतीलाई विचार गरेपछि आगामी दिनमा उम्मेदवारहरूको निश्चित सूची घोषणा गरिनेछ ।

काम्तोले ‘अफ्रिकन मुभमेन्ट फर न्यु इन्डिपेन्डेन्स एन्ड डेमोक्रेसी म्यानिडेम’ को उम्मेदवारको रूपमा भाग लिन खोजेका थिए ।

सन् २०१८ को चुनावमा काम्तो क्यामरुन पुनर्जागरण आन्दोलन एमआरसीबाट उम्मेदवार थिए ।

सन् १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बिया आठौँ कार्यकालका लागि चुनावी मैदानमा थिए ।

पूर्वप्रधानमन्त्री बेलो बोबा माइगारी र गत जुनको सुरुमा रोजगारमन्त्रीबाट राजीनामा दिएका इसा चिरोमा बकरीले भने चुनावमा भाग लिन स्वीकृति पाएका छन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *