कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी

सेयर गर्नुहोस्

नेपाल समाचार 

-थाइल्याण्डले कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ चेतावनी दिएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथान वेचायाचाइले यस्तो चेतावनी दिएका हुन् ।

शुक्रबार दुई मुलुकबीचको तनाव दोस्रो दिन पनि जारी रहेका बेला थाई नेताको यस्तो चेतवानी आएको हो । बिहीबार शुरु भएको पछिल्लो तनावका क्रममा हालसम्म १६ जनाको ज्यान गइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा १५ जना थाइल्याण्डका छन् भने एक जना कम्बोडियाका छन् ।

थाइल्याण्डको सीमावर्ती सिसाकेत, उबोन राट्चाठानी र सुरिन प्रान्त तथा कम्बोडियाको रत्नाकिरी, ओद्दार मेन्चे, स्तुङ त्रेङ र पेरा विहार झडपका घटना भएका छन् ।

झडपपछि थाइल्याण्डमा १ लाख जना र कम्बोडियामा १ हजार ५ सय परिवार विस्थापित भएको बीबीसीले जनाएको छ ।

यसअघि बिहीबार कम्बोडिया र थाइल्याण्डले एक अर्कामाथि गोलाबारी गरेको आरोप लगाएका थिए ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *