साइबेरियामा हराएको विमानको भग्नावशेष भेटियो

सेयर गर्नुहोस्

नेपाल समाचार 

-बिहीबार बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुदूरपूर्वी रुसको साइबेरियामा बेपत्ता भएको एन्टोनोभ एन २४ विमान दुर्घटनाग्रस्त भएको फेला परेको हो ।

विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य गरी ४९ जना सवार रहेका थिए । हराएको विमान खोज्न गएको हेलिकोप्टरबाट भग्नावशेष फेला परेको हो ।

दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा उक्त विमान घना जंगलमा दुर्घटना भएको देखिन्छ ।

सन् १९७६ मा निर्मित उक्त विमान साइबेरियामा आधारित हवाइ सेवा प्रदायक कम्पनी अङ्गराले सञ्चालन गर्दै आएको थियो ।

उक्त विमानले सुदूरपूर्वी रुसको अमूर क्षेत्रको ब्लागोभेस्चेन्स्क शहरबाट टिन्ड्रा शहरका लागि उडान भरेको थियो । विमानको भग्नावशेष टिन्ड्रा शहरबाट १५ किलोमिटरको दूरीमा भेटिएको हो ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *