मस्को विमानस्थल बन्द , युक्रेनको ड्रोन आक्रमणले

सेयर गर्नुहोस्

नेपाल समाचार 

मस्को – युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोको धेरै विमानस्थलअस्थायी रूपमा बन्द भएका छन्। तत्कालका लागि धेरै उडानहरू रद्द भएका छन्।

शनिबादेखि आइतबार साँझसम्म रुसमा विभिन्न स्थानमा गरेर कुल २३० ड्रोन आक्रमण भएका छन्। युक्रेनको राजधानी किभमा नै २८ ड्रोन प्रहार भएपछि १४० उडान रद्द भएका हुन्।

रुसको नागरिक उड्डयन वाचडगका अनुसार चार वटा विमानस्थलमा सतर्कता अपनाइएको हो। यस भन्दा अघि रुसले युक्रेनमा गरेको आक्रमणमा परेर तीन जनाको ज्यान गएको थियो। २४ घण्टाको बीचमा १० पटक मस्कोको एयरपोर्ट बन्द भएको छ।

रुसको दक्षिणी क्षेत्र कालुगा प्रान्तमा पनि युरोपेली आक्रमणको असर गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म ४५ ड्रोन निस्तेज पारिएको पनि रुसले दाबी गरेको छ। आक्रमणको कारण रुसको हवाई यातायातमा असर गरेको यो पहिलो पटक हो। यसरी उडान बन्द हुँदा ६० हजार यात्रु प्रभावित भएको जनाइएको छ।

युक्रेनले भने रुसी आक्रमणमा कारण दुई जनाको ज्यान गएको जनाएको छ। यसरी ज्यान गुमाउने मध्य एक जना ७८ वर्षीया महिला छिन्। युक्रेनले रुसले प्रहार गरेको ५७ ड्रोन मध्य १७ वटालाई नष्ट गरिएको बताएको छ।

क्रेमलिनका प्रवक्ता डेमेट्री पेस्कोभले रुस युद्ध विरामको लागि तयार भए पनि आफ्नो लक्ष्य भने नछाड्ने बताएका छन्।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *