नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल

सेयर गर्नुहोस्

नेपाल समाचार 

-नायक जीवन लुइँटेलले नेपाली फिल्मसँग दूरी बढाएको दशक पुग्न लागेको छ । भटाभट फिल्म साइन गरिरहेकै बेला जीवन अमेरिका भासिएका थिए ।

२०७१ सालमा प्रदर्शनमा आएको फिल्म ‘ठूली’पछि जीवनको अमेरिका आउजाउ बाक्लिएको थियो । उनी अमेरिकामै पूर्णकालीन बसेको ८ वर्षभन्दा बढी भयो ।

अमेरिका गएपछि सामाजिक सञ्जालमा पनि जीवनको सक्रियता कम नै छ ।

अब भने जीवनले अभिनयमा ‘कमब्याक’ गर्ने सोच बनाएका छन् । साहित्यकार पारिजातको उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’बाट अभिनयमा कमब्याक गर्न लागेका छन् ।

यो नाटक साउन १ देखि कान्तिपुर थिएटरमा मञ्चन हुने बताइएको छ । जीवनले यस नाटकमा ‘सुयोगवीर’को भूमिका निर्वाह गर्ने बताइएको छ ।

जीवनको यो पहिलो डेब्यू नाटक हो । कान्तिपुर थिएटरका अनुसार यो नाटकका लागि जीवन यसै साता नेपाल आउँदैछन् ।

‘शिरीषको फूल’ कान्तिपुर थिएटरको दोस्रो नाटक हो । पहिलो नाटक ‘मिरा’बाट नायिका रेखा थापाले रङ्गमञ्चमा डेब्यू गरेकी थिइन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *