इन्डोनेशियालाई नेपालले ३७० रनले हरायो

सेयर गर्नुहोस्

नेपाल समाचार 

-एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गरेकाे हो ।

४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।

नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रसिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *