रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल

सेयर गर्नुहोस्

नेपाल समाचार 

-गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती मंगले’मा नायक विजय बराल र नायिका वर्षा राउत फाइनल भएका छन् ।

निर्माण पक्षले यी दुई कलाकार शीर्ष भूमिकाका लागि फाइनल भएको शुक्रबार जानकारी दिएको हो । फिल्मका निर्देशक प्रकु पाण्डेयाले उनीहरुको भूमिकाबारे थप खुलाउन नमिल्ने बताए ।

पण्डेयाका अनुरा यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ । फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुने उनले बताए ।

४० दिनमा सक्ने लक्ष्य लिएर उनी छायाङ्कनमा निस्कन लागेका हुन् । यो फिल्म यही वर्ष प्रदर्शनमा आउने बताइएको छ ।

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा बन्ने यस फिल्मको लेखक संयोग गुरागाईं हुन् । कथा भने निर्देशक पाण्डेयाकै हो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *