क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

सेयर गर्नुहोस्

नेपाल समाचार
लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ।

बिहीबार राति भएको समूह ‘ए’को खेलमा मियामीले एफसी पोर्टोलाई २-१ ले हराएको हो।

सो खेलको आठौँ मिनेटमा सामु आघेहावाको गोलमा पोर्टोले अग्रता लिएको थियो। सुरुवाती अग्रतालाई दोस्रो हाफमा तोड्दै मियामी विजयी भएको हो।

टेलास्को सेभागियोले इन्टरका लागि दोस्रो हाफको सुरुवातमा नै गोल गरेका थिए। ५४ औँ मिनेटमा मेसीले निर्णायक गोल गरेका हुन्।

मंगलबार मियामीले समूह चरणको अन्तिम खेलमा पल्मेराइससँग खेल्ने छ। समूह ‘ए’मा पल्मेराइस चार अङ्कसहित शीर्ष स्थानमा छ भने मियामी पनि चार अङ्कसहित दोस्रो स्थानमा छ।

बिहीबार भएको खेलमा पल्मेराइसले अल एहलीलाई २-० ले हराएको हो।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *