रस अनलाइन खबर आज २०७७-०५-०९
पोखराको इन्द्रपुरी चोकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ४०/ ४५ वर्षका पुरुष इन्द्रपुरी चोकको सडकको नाली छेउमा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी यादव ढकालले पोखरा न्यूजलाई जानकारी दिए ।
“इन्द्रपुरी चोक नजिकै प्रतिक्षालयको अगाडि सडक छेउमा एक वेवारिसे शव फेला परेको छ, हामि अनुसन्धान गर्दैछौ” – डिएसपी ढकालले भने ।
शवलाई पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाइएको डिएसपी यादव ढकालले बताए ।
(Visited 9 times, 1 visits today)