उत्तराखण्ड हेलिकप्टर दुर्घटना, सवार सातै जनाको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार
उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान भएको हेलिकप्टर दुर्घटनामा सवार सात जनाकै मृत्यु भएको छ ।

हेलिकप्टरमा चालकसहित ६ जना वयस्क र एक शिशु सवार थिए । अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

उत्तराखण्डको एसडीआरएफले दुर्घटनामा सातै जनाको मृत्यु भएको पुष्टि गरेको छ । जिल्ला पर्यटन अधिकारी एवं नोडल हेली सेवाका राहुल चौबेले भने, ‘आज बिहान एक हेलिकप्टर हराएको सूचना पाइयो । जानकारी प्राप्त हुनासाथ खोजबिन सुरु गरिएको थियो ।’

प्राथमिक जानकारी अनुसार आर्यन एभियशनको हेलिकप्टर केदारनाथ धामबाट यात्रीलाई गुप्तकाशी बेसमा फिर्ता ल्याउँदै थियो । घाँटीमा अचानक मौसम खराबी भएका कारण हेलिकप्टरलाई घाँटीबाट बाहिर निकाल्ने प्रयास गर्ने क्रममा दुर्घटनामा परेको हो ।

उनका अनुसार यो हेलिकप्टरमा चालकबाहेक पाँच यात्री र एक शिशु सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनालाई लिएर दु:ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘जनपद रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अन्त्यन्तै दु:खद समाचार प्राप्त भएको छ ।’

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *