मंगलबार बिहान ४ कोरोना संक्रमित थपिए पोखरामा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०९

पोखरा महानगरमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा महानगरका ३ वटा वडाका ३ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार मंगलबार बिहान पोखरा महानगरको वार्ड नं. १३ का ३० – ३० वर्षका २ पुरुष, पोखरा -२८ का ३४ वर्षीय १ पुरुष र पोखरा – २९ की ३६ वर्षीया १ महिलामा कोरोना देखिएको हो ।

संक्रमितहरु मध्ये पोखरा -१३ का २ पुरुषहरु भारतबाट आएका रहेको र पोखरा -२८ र २९ का २ जना कन्ट्याक्ट ट्रेसिंङमा परेकाहरु रहेको निर्देशानालायले जनाएको छ ।

संक्रमितहरुलाई अहिले आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बताएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९५ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरु मधे स्वास्थ्य लाभ गर्नेको संख्या १ हजार ६ सय ३९ पुगेको निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ रहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *