‘अढाई सय वर्षसम्म बदनाम वंशको शासनले हुकुम बक्सिने दिन अब आउँदैनन्’

सेयर गर्नुहोस्

नेपाल समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुस्प्रयास गरिरहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतावादीले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शितालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका हुन् ।

उनले हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज गणतन्त्र आएपछि निर्वाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले राजतन्त्रको अवस्थामा रहेको गरिवी, असमानता, अविकास र पछौटेपनबाट अहिले मुलुक निकै अगाडि बढिसकेको जिकिर गरे ।

उनले गरिबी, बेरोजगारी, भ्रष्टाचारलगायत मुलकुका चुनौती सामना गर्न हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नभई लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत् इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्रै सामना गर्न सकिने धारणा राखे।

जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले अढाई सय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पुर्‍याउने एउटा वंशको विशेषाधिकार कुनै अर्थमा पनि ठूलो हुन नसक्ने बताए । उनले गणतन्त्रलाई संस्थागत गर्दै जाने पनि बताएका छन्।

प्रधानमन्त्री ओलीले गणतन्त्र कुनै दलको स्वामित्व नभइ यसको मालिक जनता भएकाले जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्रै गणतन्त्रले नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पुर्‍याउन सक्ने धारणा राखे ।

सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएकाले यसलाई बलियो बनाउन सरकार लागिपरेको उनले बताएका छन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *