फिल्म ‘द ब्ल्यू लाइट’को निर्माण घोषणा

सेयर गर्नुहोस्

नेपाल समाचार
सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’का मुख्य सहायक निर्देशक बलिराम चौहानले ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरेका छन् ।

चौहानले मंगलबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्देशनमा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् ।

यो फिल्म सन् २०२५ मै प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ । निर्देशक चौहानका अनुसार फिल्ममा कलाकार चयनको काम भने बाँकी रहेको छ ।

उनले भने, ‘हामी बिस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौँ । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ । फाइनल भएपछि जानकारी दिन आउने छौँ ।’

स्टार कलाकारहरूलाई नै लिएर फिल्म गर्ने योजनमा चौहान रहेका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस फिल्मका निर्माता रमन ग्रे रहनेछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *