रस अनलाइन खबर आज २०७७-०५-०७
पोखरामा जारी निषेधाज्ञाको समय बढीमा ५ दिनसम्म थप गर्न सिफारिस गर्ने निर्णय भएको छ ।
महानगरको कोरोना रोकथाम मुल समितिको बिहान सम्पन्न बैठकले निषेधाज्ञाको समय कम्तिमा ३ देखि ५ दिनसम्म थप गर्ने निर्णय गरेको महानगर प्रमुख मानबहादुर जिसीले पोखरा न्यूजलाई बताए ।
समितिकी संयोजक समेत रहेकी महानगरकी उप-उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको प्रमुख जिसीले जानकारी दिए ।
“अव थप हुने निषेधाज्ञको समयलाई थप प्रभावकारी बनाउन संयन्त्र बनायर अघि बढ्ने कुरा भएको छ”, प्रमुख जिसीले भने ” यो अवधिमा कोरोनाको संक्रमणको जोखिमलाई कम गर्ने र परीक्षणको दायरा बढाउने कार्य हुनेछ ।”
कोरोनाको संक्रमणको जोखिम कायमै रहेको र जारी निषेधाज्ञा प्रभावकारी बनेका भन्दै समितिले निषेधाज्ञाको समय थप गर्नका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यस अघि पोखरा न्यूज सँग कुरा गर्दै प्रमुख जिसीले निषेधाज्ञाको समय एक सातासम्म थप हुन सक्ने बताएका थिए ।