सरकारी विद्यालय आजदेखि खुले

सेयर गर्नुहोस्

नेपाल समाचार
करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् ।

देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन् । सहमति अस्ति बुधबार भए पनि हिजो सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् ।

सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरूले बताएका छन् ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *