नेपाल समाचार
काठमाडौं – गत दशैँमा निर्देशक वसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आयो। आगामी दशैँमा उनको अर्को फिल्म ‘दशमी’ प्रदर्शनमा आउने बताइएको छ।
निर्देशक निरौलाले ‘दशमी’को स्क्रिप्ट पूजा गरिसकेका छन्। तर, यो फिल्मका कलाकार र छायाङ्कनबारे जानकारी दिइएको छैन।
फेरि उनले नयाँ फिल्म निर्देशन गर्ने चर्चा चलेको छ। निरौलालले चलचित्र विकास बोर्डबाट फिल्म ‘पाँच पाण्डव’ निर्माणको इजाजत लिएपछि यो खबर बाहिरिएको हो।
उनले कलाकारमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ रहने गरी निर्माण इजाजत लिएका हुन्।
तर, निर्देशक निरौलाले औपचारिक रुपमा फिल्म निर्माणको घोषणा गरेका छैनन्। उनले आफू ‘पाँच पाण्डव’ निर्माणको तयारीमा रहेको स्वीकार गरे।
कलाकारहरुको ‘लाइअप’ पूरा भएपछि निर्माण घोषणको तयारीमा आफू रहेपनि विकास बोर्डबाट इजाजत लिएका कारण खबर बाहिरिएको बताए।
उनले भने, ‘म केही समयपछि घोषणा गर्ने तयारीमा थिएँ। विकास बोर्डबाट खबर बाहिरियो। ठीकै छ यो कुरा सत्य हो।’
शीर्ष भूमिकामा सीताराम र कुञ्जना फाइनल भएको उनी बताउँछन्।
तर, यस फिल्मको छायाङ्कन कहिलेबाट सुरु गर्ने भन्ने बारेमा उनी अनिर्णित नै छन्। भन्छन्, ‘कलाकारहरू चयनको काम सकौं त्यसपछि छायाङ्कन मिति टुंगो लाग्छ।’
‘दशमी’ र ‘पाँच पाण्डव’मा कुन पहिला छायाङ्कन हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यसको टुंगो लागेको छैन।