नीतिले प्रेमलाई विवाहमा परिणत गरिन्

सेयर गर्नुहोस्

नेपाल समाचार
नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन्। उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा यचित राणासँग कानुनी विवाह गरेकी हुन्।

दुई वर्षभन्दा बढी समयदेखि नीति र यचित प्रेम सम्बन्धमा थिए। उनीहरुको प्रेमको गसिप गत वैशाखमा सार्वजनिक भएको हो। याचित पेसाले एरोस्पेस इन्जिनियर हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार उनीहरूलाई आजै ‘कोर्ट म्यारिज’को प्रमाण पत्र प्रदान गरिएको छ।
नीतिले आफ्नो विवाह जानकारी सार्वजनिकरुपमा दिएकी छैनन्। विवाहबारे सोध्दा नीतिले जवाफ दिन इन्कार गरिन्।

नीति ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को विजेता हुन्। उनले गत वर्ष प्रदर्शनमा आएको ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यू गरेकी थिइन्। उनको अभिनय रहेको फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ मा प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति :७ बैशाख २०८२,आइतबार ११:०० बजे

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *