रस अनलाइन खबर आज २०७७-०५-०७
पोखरा महानगरमा थप २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा महानगरका २ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखराका वार्ड नखुलेका ३० र ३२ वर्षका २ महिलामा आइतबार बिहान कोरोना देखिएको हो ।
संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ ।
(Visited 11 times, 1 visits today)