बुवा-छोराले गरे विषादी सेवन आपसी विवादमा

सेयर गर्नुहोस्

नेपाल समाचार
धनगढी– कैलालीमा आपसी विवादको विषयलाई लिएर बुवा र छोराले एकसाथ विषादी सेवन गरेका छन्। शुक्रबार बिहान २ बजेको समयमा विवाद भएपछि लम्कीचुहा नगरपालिका–१० सिसैया बस्ने ५६ वर्षीय सन्तराम चौधरी र उनका २० वर्षीय छोरा श्याम चौधरीले किरा मार्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ।
उनीहरू दुवै जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था भने सामान्य रहेको छ।

यसैगरी कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएको छ। घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले प्रेम आँगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कँडेलले पराल र भुषा राखेको कोठामा लगेर गर्धनमा हँसिया प्रहार गरेको पाइएको बताए।

बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ। हँसिया प्रहार गर्ने अर्जुन कँडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार २ :१५ बजे

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *