नेपाल समाचार
जनकपुरधाम– नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ।
शुरुमा सर्लाही जिल्लाको पनि विद्युत् अवरुद्ध भएको थियो तर त्यहाँ मरम्मत गरी अर्को फिडबाट लाइन सुचारु भएको नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैतले जानकारी दिएका छन्।
ढल्केवर ग्रिडमा मरम्मत कार्य बिहान साढे ८ बजेदेखि भइरहेकोले आज साँझसम्म दूबै जिल्लामा लाइन सुचारु हुने उनले जानकारी दिए।
आज बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर,लगायत विभिन्न उपकरणमा विद्युत् सर्ट भई आगलागी भएको छ।
आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो। प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख कुशियैतका अनुसार आगो नियन्त्रणमा आउनासाथ मरम्मत कार्य सुरु गरिएको छ।
(Visited 1 times, 1 visits today)