साउन २३ मा सौगात र बेनिशाको ‘सिटामोल’

सेयर गर्नुहोस्

नेपाल समाचार
नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष भूमिकामा रहेको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ।

निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन २३ लाई तोकेको हो।

पोस्टरमा सौगात र बेनिशालाई ग्रामीण जोडीका रुपमा प्रस्तुत गरिएको छ। वैशाखीको सहारामा उभिएका सौगातले हातमा रातो भाले बोकेका छन्। उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन्।

निर्माण पक्षका अनुसार फिल्मले माओवादी जनयुद्धको कथा समेटेको छ। सौगातले सिनेमामा जनयुद्धकोका घाइते व्यक्तिको भूमिका निर्वाह गरेको बताइएको छ।
यस फिल्ममा सौगात र बेनिशासहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्माको अभिनय रहेने बताइएको छ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर साने मिलेर लेखेका हुन्।

फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता यस फिल्मको लगानीकर्ता हुन्।

प्रकाशित मिति : २ बैशाख २०८२, बुधवार ११:०० बजे

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *