काठमाडौं नेपाल समाचार
–नायक खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको केन्द्रीय भूमिकामा रहेको फिल्म ‘हर्ष’ को छायाङ्कन पूरा भएको छ।
उनका अनुसार यो फिल्मको छायाङ्कन चितवन जिल्लाभित्र मात्रै गरिएको छ। पोस्ट प्रोडक्सनको काम सकेर मात्रै फिल्मको प्रदर्शन मिति तोक्ने तयारीमा निर्देशक पौडेल रहेकी छन्।
कलाकार र प्राविधिकको उत्साहपूर्ण कामले छायाङ्कन चाँडै सकिएको निर्देशक पौडेलको बुझाइ छ। उनले भनिन्, ‘फिल्मका ५ गीत र सबै छायाङ्कनको काम पूरा भइसकेको छ।’
४० दिनको तालिका लिएर निर्देशक एकता पौडेल फागुनमा छायाङ्कनमा निस्किएकी थिइन्। निर्धारित समयभन्दा ५ दिन अगावै फिल्मको छायाङ्कन सकिएको हो।
‘हर्ष’ पौडेलको डेब्यू फिल्म हो। उनी अमेरिकामा फिल्म निर्माण पढेर आएकी हुन्। उनीसँग विभिन्न सर्ट फिल्म निर्माण गरेको अनुभव छ।
पारिवारिक सामाजिक कथा पस्किने यस फिल्मको कथा उनले आफैँले लेखेकी हुन्। ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्।