रस अनलाइन खबर आज २०७७-०५-०४
पोखरा पोखरा महानगरमा थप ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा महानगरको ५ नं. वार्डका २ जना र ८ का १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा -५ का १४ वर्षीय पुरुष र १६ वर्षीया महिला तथा पोखरा – ८ की ४२ वर्षीया महिलामा बिहीबार बिहान कोरोना देखिएको हो ।
त्यसैगरी बिहीबार बिहान नै गण्डकी प्रदेशको तनहुँको भानुका २८ र ३७ वर्षका २ पुरुष तथा स्याङ्गजा गल्याङ की ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
बिहीबार बिहान गण्डकीका ३ जिल्लामा ६ संक्रमित थपिएका हुन् ।संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १८ पुगेको छ ।
(Visited 6 times, 1 visits today)