तीजको दर खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०४

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन दर खाने प्रचलन छ। व्रत बस्नु अघिल्लो दिन घरमा टन्न दर खाने र भोलिपल्ट तीजको व्रत बस्ने गर्छन् नेपाली महिलाहरु।

वर्ष दिनमा एक पटक आउने तीजमा रमाउने महिलाहरु खानपिनमा भने त्यत्ति ध्यान नदिएको देखिन्छ। खानपिनमा ध्यान नदिँदा स्वास्थ्यमा नराम्रो असर पार्ने गर्दछ। चाडवाडमा खानपिनलाई ध्यान दिनु आवश्यक छ।

दर खाँदा यी कुरामा ध्यान दिनुहोस्

रोग भएकाले बार्ने कुरा त्यसै पनि बार्नु पर्ने हुन्छ। लिवर, डाइबेटिज, चिनी लगायत विभिन्न रोग लागेका र निरोगीहरुले पनि खानै नहुने कुरा भनेको धेरै चिल्लो पिरो, फ्राइ गरेको खानेकुरा, विषेशगरी रातो मासु खानु स्वास्थ्यका हिसाबले राम्रो होइन।

रक्सी, चुरोट आदिको सेवन गर्नु हुँदैन। दम रोग लागेकाले धेरै चिसो खान हुँदैन, डाइवेटिज भएकाले गुलियो, हाइवोटेन्सन भएकाले भुटेको फ्राइ गरेको अमल चिज बाहेक खानु हुँदैन। धेरैले तीजको समयमा विभिन्न भोज भतेरमा बस्ने, पानी कम खाने, गर्दछन् जसले गर्दा झाडापखाला लाग्न सक्छ।

दर भनेपछि चिल्लो, पिरो र मसलेदार हुनुपर्छ भन्ने मान्यता हाम्रो नेपाली समाजमा बसिसकेको छ। दर खाने भनेको महिलाहरुको जमघट गराउने एउटा माहोल हो। त्यसैले यस्तो संस्कारलाई स्वास्थ्यका हिसाबले पनि हेर्न आवश्यक हुन्छ। हाम्रै करेसाबारीमा उत्पादित घरमै बनाएको सामान्य नेपाली खाना नै दर हो भन्ने मान्यता हामीले लिनु पर्दछ।

तर, आजकाल पारम्परिक खानेकुराभन्दा पनि बाहिरी संस्कृतिसँग जोडिएका खानेकुरा प्राथमिकतामा पर्दै आएका छन्। त्यस्ता खाने कुराको गुणस्तरमा विश्वसनीयता हुँदैन त्यसैले स्वास्थ्यमा समस्या देखिन सक्छ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *