यी काम गर्नुहोस् , हाइट बढाउनहोस् ?

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०४

हाईट बढ्नु अथवा नबढ्नुमा वंशाणुगत गुणको ठुलो भूमिका हुन्छ। तर पनि त्यस्ता केही उपाय छन् जसले तपाइको बच्चाको हाइट बढाउन निकै सहयोग गर्छ। ति उपायहरू यसप्रकार रहेका छन्।

१ बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरूका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ। सुत्दा ग्रोथ हर्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पुर्‍याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसँग बढ्दैन।

२ बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्त्वले भरपूर चिज सामेल गर्नुस् ।

३ बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ ।

४ बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस् । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरूको वृद्धिमा असर पर्छ । दैनिक ८
देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस् ।

५ बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुस् । खेलकुदबाट बच्चाको हाइट बढ्न सघाउ पुग्छ । यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस् । दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ ।

६ बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस् । समय–समयमा चिकित्सकलाई देखाउनुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *