१० पटकसम्म वडाध्यक्षमा निर्वाचित बनेका नरसिंह ११ औं पटकमा फेल भए

सेयर गर्नुहोस्

नेपाल समाचार। ०५.०२.२०७९

यही बैशाख ३० गते भएको स्थानीय निर्वाचन आयोग को अन्तिम मतपरिणाम अनुसार ललितपुर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार बनेका नरसिंह व्यञ्जनकार पराजित बनेका छन् । यसअघि १० पटकसम्म वडाध्यक्षमा निर्वाचित बनेका उनी यस पटक वडाध्यक्ष निर्वाचित हुने उनको योजनालाई काँग्रेसका उम्मेदवारले ब्रेक लगाइदिए ।

निर्वाचन आयोग मतपरिणाम अनुसार व्यञ्जनकारले ५४३ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार रविन मान व्यञ्जनकारले ८२५ मत पाए । यस्तै राप्रपाका वीरबहादुर तामाङले ८० तथा माओवादीका रघुनाथ दुलालले ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ११ पटक पनि अध्यक्ष बन्ने योजनामा रहेका व्यञ्जनकार ८१ वर्ष पुगिसकेका छन् । उनी २०२९ सालदेखि पटक पटक गरेर १० पटक वडाध्यक्ष बनिसकेका थिए ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *