स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्य उम्मेदवारभन्दा बढी मत पाए

सेयर गर्नुहोस्

नेपाल समाचार। ०४.०१.२०७९

यही बैशाख ३० गते भएको निर्वाचनको मत गणन अनुसार नेपालको राजधानी काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्य उम्मेदवारभन्दा बढी मत पाएका छन् ।

शाहले बुधबार बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार एमालेका उम्मेदवार केशव स्थापितले भन्दा ७ हजार ७ सय बढी मत पाएका छन् । उनले १६ हजार ५२ मत पाउँदा दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् ।

यी दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ७०७ रहेको छ । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् । हालसम्म काठमाडौं महानगरपालिकामा ४१ हजार १०८ मत पाएकी छन् ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *